अमेरिकी संघीय अदालतले ट्रान्सजेन्डर, नन-बाइनरी र इन्टरसेक्स व्यक्तिहरूको पक्षमा ऐतिहासिक फैसला गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ल्याएको पासपोर्ट सम्बन्धी नीति रोक लगाएको छ। उक्त निर्णयले अब यस्ता व्यक्तिहरूलाई आफ्नो लिङ्ग पहिचानअनुसारको पासपोर्ट प्राप्त गर्न बाटो खुलेको छ। बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश जुलिया कोबिकले मंगलबार जारी गरेको आदेशमा, राष्ट्रव्यापी रूपमा ट्रम्प प्रशासनले अपनाएको नीतिको कार्यान्वयन रोक्ने […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित कुनै पनि निर्णय लिन सक्ने संकेत दिएको पृष्ठभूमिमा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सेनाले त्यसलाई कार्यान्वयन गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। बुधबार अमेरिकी सिनेटको सशस्त्र सेवा समितिमा सार्वजनिक बयान दिँदै उनले यो चेतावनी दिएका हुन्। रक्षा मन्त्री हेगसेथले भने, “उनीहरूले (इरानले) सम्झौता गर्नुपर्ने थियो। राष्ट्रपति ट्रम्पको शब्दको […]
काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ। रेड कर्नर नोटिस जारीपछि अन्तर्राष्ट्रिय सहयोगमार्फत उनलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई लिन कम्बोडिया गएको थियो। प्रहरीका अनुसार भण्डारीलाई लिएर उक्त टोली बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। ललितपुरको […]
इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उनले बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले इजरायल छाड्न चाहने इटालियाली […]