उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा आजदेखि लागू

जेठ २१, काठमाडौं । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आज (शुक्रवार) देखि खाद्य पसल खोल्न पाइने छ ।  उपत्यकाका तीन जिल्ला ( काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधवारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो ।  यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । गर्न पाइने गतिविधि यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने छ । निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईओटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।  बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् ।  सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ । गर्न नपाइने गतिविधि अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।  सार्वजनिक एवम् निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।  फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी संकलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ।

आजदेखि खुल्यो पोखराको निषेधाज्ञा

काठमाडौं। गण्डकी प्रदेशको राजधानी पोखराको निषेधाज्ञा आजदेखि खुलेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख दोस्रो सातादेखि लागू भएको निषेधाज्ञा आजदेखि पूर्णरुपमा खुलेको हो। आजदेखि महानगरपालिकाको सम्पूर्ण सेवा सञ्चालनमा आउने बताइएको छ। महानगर भित्रका ३३ वटै वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्ने भएका हुन्।

भोजपुरमा आजदेखि निषेधाज्ञा

काठमाडौं। भोजपुरमा आज राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। भोजपुरमा निषेधाज्ञा जेठ १२ गते राती १२ बजेसम्म लागू हुनेछ। भोजपुरसँगै अहिले देशका ७२ जिल्लामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेका छन्।

७० जिल्लामा निषेधाज्ञा : रसुवा र पाँचथरमा आजदेखि सुरु

काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जा...

आजदेखि ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौं,२३ वैशाख । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञाको नियम थप कडा पारिन थालिएको छ । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुगेको गृह मन्त्रालयले उल्लेख गरेको छ । स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको हो । गृह […]

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा

काठमाण्डौ – आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो । महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ । निषेधा...

मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा

हेटौंडा। मकवानपुरका आजदेखि वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ। हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा मध्यरातबाटै निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वैशाख १७ गते बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो। रासस

उपत्यकाको निषेधाज्ञा : कतै जाम, कतै सुनसान (फोटोफिचर)

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।निषेधाज्ञापछि काठमाडौंका अधिकांश सडक सुनसान बनेका छन् । निजी सवारी साधन चलेपछि सार्वजनिक यातायात भने फाट्टफुट्ट रुपमा...

उपत्यकामा आजदेखि निषेधाज्ञा लागू

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि...

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ ।आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्र