७० जिल्लामा निषेधाज्ञा : रसुवा र पाँचथरमा आजदेखि सुरु

काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जा...

सम्बन्धित सामग्री

रसुवा आइपुग्यो चिनियाँ सहयोग सामग्री

चीनले घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री रसुवा आइपुगेको छ। केरुङ नाकाबाट सोमबार राहत सामग्री रसुवा आइपुगेको चिनियाँ राजदुताबासले जनाएको छ। राहत सामग्रीमा दुई हजार तीन सय पाल, दुई...

रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने

रसुवा- रसुवा अस्पताल धुन्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ […]

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा...

रसुवा अस्पतालमा परामर्श सेवा

परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो।

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

रसुवा– रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । खोप लगाउन योग्य सबैले […]

रसुवा माउन्टेन बाइक मंसिर १८ मा

२२ कात्तिक, काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका आयोजक साइक्लिङ संघका […]

रसुवा अस्पताललाई १५ प्रकारका स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।...

माउन्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकको कर्जा लगानी

काठमाडौँ – माउन्ट रसुवा हाइड्रोपावर प्रालि गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मस्र्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ। उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ। माउन्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता […]

रसुवा अस्पतालमा भेन्टिलेटर

रसुवा। रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ। भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यले मिनी भेण्टिलेटर चार थान, पाँच वटा शय्या,अक्सिमिटर ३० वटा र सर्जिकल मास्क तीन हजार गरी १६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।