कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ ।आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्र