११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई सञ्चालकमा नियुक्त गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘उहाँहरुलाई नियुक्तिको चिठी अझै गइसकेको छैन,’ ती अधिकारीले भने, ‘निर्णय भने भइसकेको छ ।’ यसअघिका सञ्चालकद्धय […]