काठमाडौं : कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई लक्षित गरी सरकारले तयार गरेको योजना अलपत्र परेको छ। वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्डले करिब एक वर्षअघि कार्यविधि तयार पारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाएको थियो। तर‚ मन्त्रालयले त्यसलाई स्वीकृत नगर्दा योजना अलपत्र परेको हो।२०७६ चैतमा नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूमध्ये कतिपयलाई सरकारले