महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र कौशल कुमार सिंह नेतृत्वको लोक दलबीच एकीकरण हुने भएको छ । दुई दलबीचको एकीकरण घोषणा आइतबार पार्टी कार्यालयमा हुने लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।पिछडावर्ग महासंघका अध्यक्षसमेत रहेका कौशल कुमार सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन । उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए ।संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्व