बागलुङ : पछिल्लो समय गाउँ छोडेर बजार झर्नेहरुको लर्को नै लागेको छ। गाउँदेखि बजारमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका सुविधा खोज्दै मानिसहरु झर्न थालेपछि अहिले गाउँका उर्वर भूमि वनमाराले ढाकिन थालेका छन्।गाउँमा बस्नेहरू समेत खेती गर्न खासै रुचाउँदैनन्। यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनु पर्ने अवस्था सिर्जना भएको छ। बागलुङ धेरै पालिकाको समस्या हो यो।उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ जिल्लाका कमै पालिका मात्र लागेका छन्। त्यसमध्ये ताराखोला गाउँपालिकाले पनि कृ