गुल्मीमा ४८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती शुरु

गुल्मी : जिल्लाका विभिन्न स्थानमा  ४८८ रोपनी बाँझो जग्गामा  चक्लाबन्दी खेती शुरु गरिएको छ।जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गुल्मीका  प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन्।धुर्कोट २ पिपलधारामा सुभसन्देश उपभोक्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेती  र मदाने गाउँपालिका ६ पुर्कोटदहमा कंके देउराली बिउ उत्पादन समूहका २३ जनाले ६८