धान, गहुँसहित अन्न उत्पादनको उर्वर भूमि भए पनि सुदूरपश्चिम प्रदेशमा अझैं पनि हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर उत्पादनको उर्वर भूमि मानिन्छ ।कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो ।