निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।
आयोगले मंगलवार सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गर्दै गर्दा खर्चको अनुमान पनि प्रधानमन्त्रीसमक्ष पेस गरेको हो ।
यसअघि २०७४ सालमा सम्पन्न निर्वाचनमा ८ अर्ब रुपैयाँभन्दा बढी खर्च लागेको भन्दै आयोगले यसपटक भने कोरोना महामारीका कारण आवश्यक पर्ने सुरक्षा प्रबन्धका कारण पनि खर्च बढ्ने आँकलन गरेको हो । राजधानी दैनिकमा खबर छ ।