चितवन - चितवनको नारायणगढ बजार नजिकै रहेको नारायणी नदी किनारमा हरेक दिन चहलपहल बढ्ने गरेको छ ।
तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन, पारिलो घाम ताप्न र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तव्यस्थल बनेको छ, नारायणी नदी किनार । नदीमा चलाइने डुङ्गा र सेल्फी प्वाइन्टले सबैलाई आकर्षित गरेको छ ।
बजार नजिकै रहेको नदी किनारको खुला चौरमा दिउँसोको समयमा पारिलो घाम ताप्न र साँझमा टहलिनेहरुको निकै भीड लाग्छ ।
नदी किनारमा बिहानदेखि साँझसम्म नै चहलपहल देखिन्छ । बिहानपख मर्निङ वाक र योगा ग...