काठमाण्डाै – देशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा पानी परेको छ भने कतै–कतै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् ।
यस्तै हिजो (साेमवार) र आज (मङ्गलवार) देशका केही ठाउँमा पानी परे पनि भोलि (बुधवार) देखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।
नेपालमा हा स्थानीय वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभरकाे माैसम हाल देशभर मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (शनिबार) बिहान प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने छ । त्यस्तै, बाँकी […]
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । […]
काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा […]
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ ।
प्रदेश १ का पहाडी क्षेत्र बाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का उच्च पहाडी र हिमाली जिल्लामा भने आज हल्का हिमपातको सम्भावना छ । यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम घटबढ नभए पनि चिसो हावा चल्न थालेकाले बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।
काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।
पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो ।
पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी...
काठमाण्डाै - अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँ...
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एक/दुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।
अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनुभयो । देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ ।&nbs...