काठमाण्डौ उपत्यकासहित धेरै ठाउँकाे माैसम सफा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।  मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एक/दुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।  अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनुभयो । देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ ।&nbs...

सम्बन्धित सामग्री

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, भाेलिदेखि माैसम सफा हुने

काठमाण्डाै – देशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा पानी परेको छ भने कतै–कतै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । यस्तै हिजो (साेमवार) र आज (मङ्गलवार) देशका केही ठाउँमा पानी परे पनि भोलि (बुधवार) देखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।

के आजकाे माैसम सफा छ ?

आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बिहान देशभरकाे माैसम सफा, दिउँसाे र राति कस्ताे रहला ?

नेपालमा हा स्थानीय वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभरकाे माैसम हाल देशभर मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

सामान्यतया आज माैसम सफा हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (शनिबार) बिहान प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने छ । त्यस्तै, बाँकी […]

सामान्यतया आजकाे माैसम सफा हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । […]

सामान्यतया आज माैसम सफा हुने

काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा […]

देशका अधिकांश स्थानकाे माैसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।...

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज माैसम सफा रहने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ का पहाडी क्षेत्र बाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । प्रदेश १ का उच्च पहाडी र हिमाली जिल्लामा भने आज हल्का हिमपातको सम्भावना छ । यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम घटबढ नभए पनि चिसो हावा चल्न थालेकाले बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।

धेरै ठाउँकाे माैसम सफा : प्रदूषण र तुवाँलाे घट्याे, साँझपख पानी पर्न सक्ने

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ । पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो । पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी...

आज देशभरकाे माैसम सफा रहने

काठमाण्डाै - अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।  अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो ।  उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँ...