उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, भाेलिदेखि माैसम सफा हुने

काठमाण्डाै – देशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा पानी परेको छ भने कतै–कतै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । यस्तै हिजो (साेमवार) र आज (मङ्गलवार) देशका केही ठाउँमा पानी परे पनि भोलि (बुधवार) देखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज माैसम सफा रहने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ का पहाडी क्षेत्र बाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । प्रदेश १ का उच्च पहाडी र हिमाली जिल्लामा भने आज हल्का हिमपातको सम्भावना छ । यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम घटबढ नभए पनि चिसो हावा चल्न थालेकाले बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।

आज देशभरकाे माैसम सफा रहने

काठमाण्डाै - अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।  अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो ।  उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँ...