धेरै ठाउँकाे माैसम सफा : प्रदूषण र तुवाँलाे घट्याे, साँझपख पानी पर्न सक्ने

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ । पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो । पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी...