सीईडीबी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा २.७८ गुणा बढी आवेदन

वैशाख १७, काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा २ दशमलव ७८ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साझ ५ बजेसम्म ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर खरीदको लागि आवेदन  परेको हो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो ।  पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्रीमा रहनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको  खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र  तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । कोभिड १९ जोखिमलाई ध्यान दिंदै मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ ।  २०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करीब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ ।  कम्पनीद्वारा प्रबर्द्धित सांगे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र कुमगाडा जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।  यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ ।  आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।

सम्बन्धित सामग्री

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं- पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ।मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो। यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १र४७ गुणा बढी हुन आउँछ। […]

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि  निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १.४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने १ लाख २३

पहिलो दिनमै नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन

फागुन ११, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १० दशलमव १५ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार पहिलो दिन बुधवार साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जना आवेदकबाट ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ताका शेयरको लागि आवेदन परेको हो । कम्पनीले बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलामा फागुन २५ गते सम्म रहेको छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरीरहेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।

पहिलो दिनमै राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा १७.७२ गुणा बढी आवेदन

फागुन ४, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १७ दशमलव ७२ गुणा बढी आवेदन परेको छ ।  पहिलो दिन साँझ ६ बजेसम्म ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणलाई छुट्याएको शेयरको १७ दशमलव ७२ गुणा बढी माग हो । कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।  यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हालसम्मको वित्तीय अवस्था हेर्दा लगानीकर्तालाई प्रतिफल दिनसक्ने प्रशस्त आधार भएको भन्दै निष्कासन गरेको आईपीओमा सबैलाई ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ प्रदान गरेको छ ।

पहिलो दिनमै इमर्जिङ्ग नेपालको आईपीओमा मागभन्दा १४.४१ गुणा बढी आवेदन

माघ २६, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १४ दशमलव ४१ गुणा बढी आवेदन परेको छ ।  पहिलो दिन साँझ ५ बजेसम्म ६ लाख ३३ हजार २१७ जना आवेदकहरुबाट ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।  पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन १ गतेसम्म मात्र विक्रीमा रहनेछ । विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ । यो आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापकतर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  सर्वसाधारणतर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ । यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ ।  नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले रू. १०५ दशमलव ११ देखि रू. ३१५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।  आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. २ करोड ५५ लाखभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा रू. ३ करोड ५३ लाखभन्दा बढी पुर्‍याउने प्रक्षेपण गरेको छ ।

जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ । सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ । सीडीएस एन्ड क्लिएरिङ लिमिटेड (सडीएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारसम्मले आवेदन दिएका छन् । शुक्रबार सीडीएसीले तयार पारेको मेरो […] The post जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिलो दिनमै मध्य भोटेकोशी जलविद्युतको आईपीओमा मागभन्दा बढी आवेदन

असोज २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै ५ लाख ५२ हजार १६७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साँझसम्म यी आवेदकहरुबाट ८८ लाख ९१ हजार ९७० कित्ताको लागि आवेदन परेको हो । पहिलो दिनमै कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य रू. १०० दरको ९० लाख कित्ता आईपीओमध्ये ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि असोज २५ गतेसम्म मात्र विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानीय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ३९ रहेको छ । प्रतिशेयर आम्दानी भने रू. १ दशमलव २२ ऋणात्मक छ ।

साहस उर्जाको आईपीओमा पहिलो दिनमै ५ लाखभन्दा बढीले गरे आवेदन

असोज ६, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको साहस उर्जा लिमिटेडकोे आईपीओमा पहिलो दिन ५ लाख १८ हजार ८७२ जनाले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यी आवेदकहरुबाट रू. ७७ करोड ९१ लाख ५८ हजार बराबरको ७७ लाख ९१ हजार ५८० कित्ताको लागि आवेदन परेको बताएको छ । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।  कम्पनीले रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।  पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ असोज १० गतेसम्म विक्रीमा रहनेछ । यस समय अवधिमा पूर्ण आवेदन नपरेमा भने असोज २० गते सम्म विक्रीमा रहने मिति तय भएको थियो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।  कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।  यो शेयर खरीदका लागि सर्वसाधारणले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पहिलो दिनमै मानुषी लघुवित्तको आईपीओमा ५ लाख ८१ हजारभन्दा बढीले दिए आवेदन

साउन २७, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साँझसम्ममा ५ लाख ८१ हजार ६३३ जना आवेदकहरुबाट ७९ लाख २ हजार ५१० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो । कम्पनीले बुधवारदेखि ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।