पहिलो दिनमै इमर्जिङ्ग नेपालको आईपीओमा मागभन्दा १४.४१ गुणा बढी आवेदन

माघ २६, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १४ दशमलव ४१ गुणा बढी आवेदन परेको छ ।  पहिलो दिन साँझ ५ बजेसम्म ६ लाख ३३ हजार २१७ जना आवेदकहरुबाट ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।  पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन १ गतेसम्म मात्र विक्रीमा रहनेछ । विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ । यो आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापकतर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  सर्वसाधारणतर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ । यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ ।  नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले रू. १०५ दशमलव ११ देखि रू. ३१५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।  आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. २ करोड ५५ लाखभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा रू. ३ करोड ५३ लाखभन्दा बढी पुर्‍याउने प्रक्षेपण गरेको छ । 

सम्बन्धित सामग्री

मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन

काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ । बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् ।  दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय […]

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं- पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ।मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो। यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १र४७ गुणा बढी हुन आउँछ। […]

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि  निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १.४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने १ लाख २३

म्यादी प्रहरीका लागि दुई दिनमै ८३ हजारले आवेदन दिए

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना हुन दुई दिनमै ८३ हजार बढीले आवेदन दिएका छन् चैत ६ गतेबाट देशैभरी एकसाथ म्यादी प्रहरीका लागि खोलिएको आवेदनमा २ दिनमा ८३ हजार ५ सय ९८ जनाले आवेदन दिएका हुन् । अझै थप ३ दिन आवेदन दिने समय बाँकी छ । आवेदन दिनेमा आइतबार ७ प्रदेश […]

यातायात विभागको लाचारी, लाइसेन्स आवेदन खुलेको तीन दिनमै बन्द !

काठमाडौँ । झन्डै आधा वर्षपछि गत सोमबारबाट खुलेको खुलेको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन तीन दिनमै बन्द भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरेको सूचना टाँस गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘आवेदन प्रणालीमा केही […]

खुलेकाे दुई दिनमै लाइसेन्सकाे अनलाइन आवेदन बन्द

काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द भएको छ। बिहीबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले मर्मत गर्न बन्द भएको जनाएको हो।अनलाइन प्रणाली मर्मत भइरहेको र बनिसकेपछि फेरि अनलाइन आवेदन खोल्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए। कोरोनाका कारण बन्द भएको अनलाइन आवेदन मंगलबार खुलेको थियो।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन बन्द गरेको थियो।

६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन प्रणाली तीन दिनमै बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। खुलेको तीन दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै मर्मत लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। ६ महिनापछि सोमबारबाट अनलाइन प्रणाली खुला गरिएको थियो। सरकारले निषेधाज्ञा जारी गरेका कारण वैशाख १६ गतेदेखि बन्द गरिएको थियो।  दसैंअघि नै ट्रायल सञ्चालनमा…

न्यादीमा चार दिनमै आठ लाख भन्दा बढी कित्ताका लागि आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा चार दिनमै आठ लाख भन्दाबढी कित्ताको लागि आवेदन परेको छ । प्रभावित क्षेत्र र जिल्लाबासीका लागि कुल १५ लाख कित्ता सेयर निष्काशन गरेकोमा शुक्रबारसम्म आठ लाख ५८ हजार ८० कित्ताका लागि आवेदन परेको हो ।आयोजनाका अनुसार पाँच लाख कित्ता छुट्याइएको प्रभावित क्षेत्रबाट मात्रै […]

एनएमबिको डिबेञ्चरमा आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आइतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।  हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गर्ने सबैमा धन्यवाद दिएको छ । अन्त्यमा, यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरुको प्रयोग गर्नुहुन, सुरक्षा सम्बन्धि नियम पालना ग...