भूमिगत पानी पर्याप्त नआएपछि मुहान मर्मत गर्दै खानेपानी बोर्ड

वैशाख ६, धरान । सुक्खा मौसममा धरानमा हुने खानेपानीको अभावलाई पूर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा भुमिगत पानीको लागि परियोजना सञ्चालन भएको थियो । तर भूमिगत पानी पर्याप्त हुन नसक्दा धरान खानेपानी बोर्ड सतहको पानीका मुहानहरु मर्मतमा जुटेको छ ।  खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ताहरु बोर्डको विरोधमा उत्रिएका थिए । बोर्डले भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि अहिले मुहान ममर्ततर्फ केन्द्रित बनेको हो ।  सुक्खा मौसममा भूमिगत पानी ५० प्रतिशत पनि आपूर्ति गर्न नसकेपछि बोर्डले खानेपानी सहज बनाउन पम्प मर्मतसँगै मुहान ममर्तमा जुटेको छ । खानेपानीको मुख्य स्रोत मानिएको सर्दु र खर्दुको मुहान मर्मत गर्न बोर्ड अघि सरेको हो ।  सुक्खा मौसम लागेसँगै फागुनदेखि नै खानेपानी अभाव हुन थालेको धरानमा फागुन १७ गतेदेखि नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेर खानेपानीको सम्पूर्ण जिम्मा लिएको हो । बोर्डले जिम्मा लिइसकेपछि सहज रुपमा खानेपानी आपूर्ति हुुने अपेक्षा राखेका स्थानियका लागि संस्थानले वितरण गर्दा र बोर्डले जिम्मा लिएर वितरण गर्दामा कुनै फरक नपाएपछि बोर्डप्रति उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् ।  बोर्डले सर्दु र खर्दुको मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको जानकारी दिएको छ । बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्न चुहावट भएका क्षेत्रको पहिचानका लागि वस्तुगत अवस्था बुझेका छन् ।  इन्जिनियर अधिकारीले भने, ‘खानेपानीको स्रोतको चुहावट कम गर्न शनिवार र आइतवार त्यस क्षेत्रमा गएका थियांै, चुहावट भएको स्थानको पहिचान गरी हामी चाडै मर्मत कार्यमा केन्द्रित हुन्छौं ।’ धरान १३ स्थित वीपी पार्क माथिल्लो भागमा रहेको जलाधार क्षेत्रको मुहानमा वीपी पार्क निर्माण भएपछि चहलपहल बढेकोले खानेपानी मुहान नै फोहोर भएको उनले बताए ।  बोर्डले यसभन्दा अगाडि पत्रकार सम्मेलनमार्फत भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको जानकारी दिइएको थियो । जसमा संस्थानको वेलहरुबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाको थप ७ ओटा वेलहरुबाट दैनिक ९२ लाख २० हजार लिटर भूमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुक्खायाममा ४५ लाख लिटर पानी जम्मा हुने गरेको जानकारी दिएको थियो । धरानमा दैनिक दुई करोड लिटर पानीको आवश्यकता भएपनि सुक्खा मौसममा १ करोड पानी मात्र उपलब्ध हुने गरेको छ । यो समस्या नेपाल खानेपानी संस्थान धरान शाखाले वितरण गर्दा पनि थियो भने बोर्डले जिम्मा लिइसक्दा पनि स्थानिहरुले केही फरक महशुस गरेका छैनन् ।

सम्बन्धित सामग्री

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान, बैशाख १४। भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत […]

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान । भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत मात्र आपूर्ति भएको छ । आपूर्ति बढाउन खानेपानीको मुख्य स्रोत मानिएको सर्दु र खर्दुको मुहान मर्मतमा बोर्ड अग्रसर भएको छ । धरानमा फागुन १७ गतेदेखि नेपाल खानेपानी संस्थान बोर्डमा गाभिएको हा । यसपछि सहज रूपमा खानेपानी आपूर्ति हुुने अपेक्षा राखेका धरानवासीले समस्या उस्तै रहेपछि बोर्डप्रति आक्रोश पोख्दै आएका छन् । बोर्डले सर्दु र खर्दुको मुहान आसपासका क्षेत्रमा चुहावट रोक्न आपूर्ति प्रणालीका संरचना मर्मत गर्न लागिएको बताएको छ । बोर्डका इञ्जिनीयर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहान मर्मतका लागि चुहावट भएका क्षेत्रको वस्तुगत अवस्था बुझेका छन् । ‘खानेपानीको स्रोतको चुहावट कम गर्न केही दिनअघि त्यस क्षेत्रमा गएका थियौं, चुहावट भएको स्थानमा चाँडै मर्मत गर्छौं ।’ बोर्डले यसअघि भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको बताएको थियो । संस्थानका वेलहरूबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाका थप ७ ओटा वेलबाट दैनिक ९२ लाख २० हजार लिटर भूमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुक्खायाममा ४५ लाख लिटर पानी आपूर्ति हुने गरेको बताइएको छ । धरानमा दैनिक २ करोड लिटर पानीको आवश्यकता भए पनि सुक्खा मौसममा १ करोड पानी मात्र उपलब्ध हुने गरेको छ । यो समस्या नेपाल खानेपानी संस्थान धरान शाखाले वितरण गर्दा पनि थियो । वितरण लगायत सबै जिम्मा अहिले बोर्डले लिइसक्दापनि धरानवासीका खानेपानीको समस्या उस्तै छ ।