काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गर्नुभएको हो ।
छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो पटक देखिएका समस्या तथा चुनौतीको विषयमा चासो राख्नुभएको थियो । साथै उहाँले अहिले अर्थतन्त्रमा देखिएका मुख्य चुनौती, यसले पारेको...