काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फिर्ता भएका छन्। भारतको बैंगलौरमा आयोजित जी– २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई उनी शनिबार राति स्वदेश फर्किएका हुन्।
सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन्।