काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताउनुभयो । नदीनाला दोहन, तराईका जङ्गलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुङ्गा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राक...