१० जेठ, काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले दिंवगत साहित्यकार पुरुषोत्तम बस्नेतको लोकतान्त्रिक आन्दोलमा योगदान अतुलनीय रहेको बताएका छन् । बस्नेतको १३ औं दिनको तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्ने क्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘लोकतान्त्रिक आन्दोलनमा पुरुषोत्तम बस्नेतले पुर्याएको योगदानको तुलनामा हाम्रो योगदान फिका हुन्छ ।’ कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले त्यागेको संस्कृतिको अग्लो धरोहर […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो …
२०६५ साउन ६ गते पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादव निर्वाचित भए। दुई वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने संवैधानिक व्यवस्था गरिएको थियो।...
काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताउनुभयो । नदीनाला दोहन, तराईका जङ्गलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुङ्गा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राक...
काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।
बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फ...
काँग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी। जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम, राम, राम। काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ। उहाँले भन्नुहुन्छ ...