विराटनगर। गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ। नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका किरातीलाई प्रहरीले खोटाङ्गको हलेसीबाट पक्राउ गरेको हो। एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। उनले केही दिनअघि एमालेका लागि चिहान तयार पारेको हिंसात्मक अभिव्यक्ति दिएका थिए। माओवादीका पूर्वनेता, पूर्वमन्त्रीसमेत समेत रहेका किराँतीले […]
माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने उनको भनाइ छ । २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड सरकारका तत्कालीन संस्कृतिमन्त्रीसमेत रहेका किरातीले पशुपति मन्दिरमा नेपाली पुजारी नियुक्ति गर्दा विवाद भएको थियो । त्यतिबेला किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि भारतीय मूलका मूल भट्ट महाबलेश्वरले
माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको छ । त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोष
काठमाडौं, २४ माघ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को ८औं केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्षबाट गोपाल किराँतीलाई हटाएको छ । किराँतीको भूमिका शंकास्पद र आर्थिक रुपमा विचलन आएकोले अध्यक्षबाट हटाईएको पार्टीले जनाएको छ । उक्त बैठकले पार्टीको अध्यक्षमा भने आलोक रायमाझीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । रायमाझीले किराँतीमा सुरुदेखि नै वैचारिक विचलन आएको […]
२ वैशाख, विराटनगर । नेकपा (माओवादी) अध्यक्ष गोपाल किराँतीले नेपालको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘निर्वाचन प्रणाली दलाल …
विराटनगर : नेकपा माओवादी का अध्यक्ष गोपाल किराँतीले दलाल पुँजीवादी नेतृत्वमा बनेको सरकारविरुद्ध महागठबन्धन बनाएर जनक्रान्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा अध्यक्ष किराँतीले गणतन्त्रलगायत उपलब्धि खतरामा परेकोले त्यसलाई जोगाउन वामपन्थीको महागठबन्धन बनाउनुपर्ने बताए। किराँतीले सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर गरेको मुद्दा फैसला गर्दा आफ्नो पार्टीमाथि अन्याय भएको पनि बताए। 'अहिलेको राज्य संयन्त्रबा
कैलाली : गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले उपनिर्वाचन बहिष्कार गर्ने भएको छ। सरकारलाई असोज ३ गते बुझाएको ज्ञापनसहितका १८ बुँदे माग पूरा नभएको भन्दै उसले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा किराँती नेतृत्वको माओवादी केन्द्रले सरकारसमक्ष राखेका माग पूरा नभएको भन्दै उपनिर्वाचन बहिष्कार गर्ने