फागुन १५ गते एक अन्धकार दिनमा दर्ज भयो : गोपाल किराँती

माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको छ । त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोष