स्थानीयवासीको पैसा, श्रमदान र जग्गा दानबाट बनाइएको गाउँघर क्लिनिक भत्कियो

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानीयवासीले स्वास्थ्य सेवाका लागि बनाएको भवन प्रयोगविहीन हुँदा भत्किएको छ । सरोकारवाला निकायको बेवास्ताको कारण स्वास्थ्य सेवा प्रवाह हुने गरेको भवन भत्किएको स्थानीयवासीको गुनासो छ ।  त्रिवेणी २ गैरीनेटामा रहेको सामुदायिक स्वास्थ्य इकाइको भवन भत्किएको हो । सुरुमा गाउँघर क्लिनिक सञ्चालन गरिएको यो भवन निर्माणका लागि यहाँका झन्डै एक सय ८० घरधुरीले प्रत्येक घरबाट एक हजार रुपैयाँका दरले रकम सङ्कलनसहित श्रमदान पनि गरेका थिए । यस वडाको गैरीनेटा, बाँदरपानी, पानीग...

सम्बन्धित सामग्री

आर्थिक सहयोग र श्रमदान जुटाएर रघुगंगामा पदमार्ग निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन्। बेनी–जोमसोम सडक खण्डअन्तर्गत सिरुवारी आर्यघाटदेखि रिसिन चौतारीसम्म करिब दुई किलोमिटर लामो पक्की पदमार्ग सहयोग र श्रमदान...

भूकम्प पीडितको घर बनाउन कांग्रेसले श्रमदान गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माणका लागि श्रमदान गर्ने निर्णय गरेको छ।...

श्रमदान गरेर सडक मर्मत

म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको […]

चार महिना श्रमदान गरेपछि रामनगरमा खानेपानी

भरतपुर, ५ असार । चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि […]

विकासमा श्रमदान संस्कृति ब्युँताउँदै नगरपालिका

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकामा ‘जनश्रम संस्कृति’को विकास गर्नेगरी श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिक महत्वका स्थल मर्मत तथा सरसफाई सुरु गरेको हो । वर्षा याममा अवरुद्ध हुने सडकलाई बार्‍हैमास सञ्चालनमा ल्याउनेगरी श्रमदानमार्फत मर्मत सम्भार सुरु गरिएको हो । धरानका मेयर हर्क साम्पाङकै शैलीमा जेठ १३ गतेदेखि स्थानीयको सहभागितामा दिक्तेल–खार्मी–पाथेका सडक मर्मत तथा सरसफाई सु...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो। श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ। सानातिना सबै […]

तातोपानीमा निःशुल्क श्रमदान

जुम्लाको तातोपानी गाउँपालिकाले निःशुल्क श्रमदान अभियान सञ्चालन गरेको छ । पालिकाभित्र बाढी पहिरोले भत्केका आयोजना र गाउँस्तरबाट माग भई आएका योजनाको पुनर्निर्माण तथा मर्मतका लागि निःशुल्क श्रमदान अभियान थालेको हो । निःशुल्क काम गर्नै नमान्ने मानसिकताबाट गुज्रिएको समाजलाई श्रमदानबाट विकास, सुधार र रूपान्तरण सम्भव छ भन्ने कुरा नागरिकलाई बुझाउन तातोपानीले जिल्लामै पहिलो निःशुल्क श्रमदान अभियान […]

नहर मर्मतमा श्रमदान

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको तेइससाले सिँचाइ आयोजनाको नहर पहिरोले भत्काएपछि मर्मतका लागि श्रमदान गर्दै स्थानीयबासी । तस्बिर : रासस

खानेपानी आयोजना निर्माण गर्दा श्रमदान गर्नु नपर्ने

सरकारले खानेपानी तथा सरसफाई आयोजना निर्माणको क्रममा उपभोक्ताले श्रमदान गर्नुपर्ने व्यवस्था परिवर्तन गर्ने तयारी गरको छ । उपभोक्ताले १० देखि ३० प्रतिशतसम्म श्रमदान गर्नुपर्ने व्यवस्था परिवर्तन हुनेगरी नीति पुनरावलोकन गर्न लागिएको हो ।खानेपानी मन्त्रालयका अनुसार उपभोक्ताले अधिक श्रमदान गर्नुपर्ने नीतिगत व्यवस्थाका कारण धेरै खानेपानी आयोजना सम्पन्न हुन नसकी वर्षौंदेखि अलपत्र परेको भन्दै झन्झटिलो व्यवस्था हटाउन […]

मन्त्री कार्कीले जन्मदिनमा गरे श्रमदान

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जन्मदिनको अवसरमा विराटनगर महानगरपालिका–१२ मा निर्माण भइरहेको एकीकृत बस्तीमा श्रमदान गरेका छन् । बस्तीमा १४५ घरधुरी सुकुम्बासीका घरहरू निर्माण भइरहेका छन् । मन्त्री कार्कीसहित उनका परिवारका सदस्यले श्रमदान गरेका हुन् ।  स्थानीयले पनि बस्ती निर्माणका लागि बाँस चिर्ने, जस्ता छाउने, माटो भर्ने काम गरेका छन् । बस्ती निर्माणका लागि सुकुम्बासी परिवारले २० लाख मूल्य बराबरको जनश्रमदान गर्नुपर्ने तर उनीहरूलाई बस्तीका लागि खरिद गरेको जग्गाको ऋण बुझाउन ज्याला मज...