सगरमाथाको क्याम्प–२ मा मानव कंकाल भेटियो

 ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला पारेको छ ।संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।वैशाख २८ गते फेला परेको मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको र आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलाका प्रहरी कार्याल

सम्बन्धित सामग्री

न्युयोर्कको क्वीन्समा खाली भवनको बेसमेन्टमा भेटियो मानव कंकाल

न्युयोर्कको क्वीन्समा एउटा खाली भवनको बेसमेन्टमा मानव हड्डीहरू फेला परेको प्रहरीले जनाएको छ । रिचमण्ड हिलमा रहेको घरमा सोमबार दिउँसो निर्माणकर्ताले फेला पारेको कंकाल सिटीको मेडिकल परीक्षकले मानव कंकाल भएको पुष्टि गरेको हो । दिउसो १ बजेर ५५ मिनेटमा जमैका एभिन्युको ११९ २२ नम्बरको भवनमा उक्त मानव कंकाल फेला परेको हो । हड्डीहरू भेटिएकोबारे निर्माणकर्मीले […]

शिलापत्र फलोअप : बञ्चरेडाँडा मानव कंकाल प्रकरण संसदमा प्रवेश

‘मानव कंकाल भेटिएको समाचारमा आएको छ । मसानघाटको त्रास भएको छ ।असुरक्षित महसुस भएको छ ।’

बैतडीमा मानव कंकाल भेटियो

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ । सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्याल खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरूषको लुगा रहेकाले कंकाल […]

नवलपुरको जंगलमा भेटियो मानव कंकाल

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० को जंगलमा मानव कंकाल भेटिएको छ । गाउँदेखि केही परेको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक...

वनमा मानव कंकाल भेटियो

सुर्खेतको भेरीगंगा नगरपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर भेरीगंगा–१० को गौरीशंकर सामुदायिक वनको सात्तलेमा मानव कंकाल फेला परेको हो।...

सुर्खेतमा फेला पर्‍यो मानव कंकाल

५ साउन, सुर्खेत । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ । प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर […]

भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटियो

७ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटिएको छ । मंगलबार बिहान १०: ५० बजे चाँगुनारायण नगरपालिका-९ स्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए । उनका अनुसार वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्च लामो मानव कंकाल फेला परेको हो । नजिकैको […]

चितवनमा मानव कंकाल फेला

चितवनमा मानव कंकाल फेला परेको छ। भरतपुर महानगरपालिका-६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक बन भित्र आज (शनिबार) दिउँसो जंगली जनावरले खाएको जस्तो देखिएको मानब कंकाल (खप्पर केही हड्डी) फेला परेको चितवन प्रहरीले जनाएको छ।

सगरमाथामा सेनाले फेला पार्यो मानव कंकाल

काठमाडौं : नेपाली सेनाले सगरमाथामा मानव कंकाल फेला पारेको छ। नेपाली सेनाको नेतृत्वमा चलिरहेको ‘सफा हिमाल अभियान–२०२१’ अभियान अन्तर्गत सगरमाथा सफाइ क्रममा मानव कंकाल फेला परेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।२८ वैशाखमा दोस्रो क्याम्पमा दायाँ हात र बायाँ पाखुरा भेटिएको हो। दोस्रो क्याम्पमा भेटिएको मानव कंकाल हेलिकोप्टरमा लुक्ला पठाइएको छ। त्यसलाई व्यवस्थापन गर्ने थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, लुक्लालाई बुझाएको सेनाले जनाएको छ।