प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
अर्थमन्त्री विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयमा पठाइएको छ ।
'मुख्यमन्त्री ज्युले आफ्नो क्षेत्राधिकारको प्रयोग गर्दै हामी दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नु भएको हो,' साहले लोकान्तरसँग भने ।
मुख्यमन्त्री राउतका स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले पनि मुख्यमन्त्रीले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर दुई जना म...