सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट १८ वर्षीय कमल परियार कर्णाली प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। सिम्ता गाउँपालिकाको ग्रामीण परिवेशमा सामान्य किसान परिवारमा हुर्किएका परियारको परिवारमा यसअघि कुनै राजनीतिक पृष्ठभूमि थिएन। तर, सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी बाल कांग्रेस हुँदै विद्यार्थी र युवा संगठन […]
दमौली (तनहुँ), १५ असोज । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो । प्रमुख जिल्ला […]
काठमाडौँ । बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशिघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो । बिहीवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीका […]
काठमाडौं । निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण सडक तथा पूर्वाधार निर्माण प्रभावित भइरहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीलाई राहत दिने तयारी गरेका छन्। पछिल्लो समय सिमेन्ट, डन्डी, बिटुमिन, डिजेललगायत निर्माण सामग्रीको मूल्य बढेपछि पुरानो दररेटमा ठेक्का सम्झौता गरेका निर्माण व्यवसायी थप लागतको दबाबमा परेका छन्। मूल्यवृद्धिका कारण कतिपय सडक तथा […]