काठमाडौँ । भारतमा उपचाररत संगीतकर्मी राजु चौधरीको उपचारको क्रममा निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको हो ।
अनुप्रस्थ ब्याण्डका भोकलिष्ट निरन शाक्यले चौधरीको उपचारको क्रममा निधन भएको जानकारी दिएका हुन् ।