नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले डिजिटल वालेट नमस्ते पे सार्वजनिक गरेको छ । कम्पनीले पहिलो चरणको व्यावसायिक शुरूवात मंगलबारबाट गरेको हो ।
पहिलो चरणमा नमस्ते पेको मोबाइल एप एन्ड्रोइडमा उपलब्ध भएको छ । आईओएसमा पनि एप छिट्टै सञ्चालनमा ल्याउने कम्पनीको जनाएको छ ।
प्रयोगकर्ताले *५००# डायल गरेर समेत खाता खोल्न सक्नेछन् । यसरी खोलिएको खाताबाट ५ हजार रूपैयाँसम्मको...