साउनदेखि ‘नमस्ते पे’ सञ्चालनमा आउने

काठमाडौं। आगामी आर्थिक वर्षदेखि नेपाल टेलिकमको ‘नमस्ते पे’ सञ्चालनमा आउने भएको छ। टेलिकम र वाणिज्य बैंकको संयुक्त लगानीमा पे सञ्चालन हुने भएको हो। नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो। नमस्ते पेबाट अनलाइन र अफलाइन दुवै माध्यमबाट कारोबार गर्न सकिन्छ। यसबाट बैंकिङ वालेट र क्युआर तथा सरकारी राजस्वसमेत तिर्न सकिनेछ।