सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्पmत् फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने जनाएको छ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।