काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौं। मंगलबार सेयर बजार घटेको छ। ३.०३ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २०६१ विन्दुमा आएर बन्द भएको छ। परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकम भने बढेको नेप्सेले देखाएको छ। नेप्सेका अनुसार आज बजारमा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख बढीको कारोबार भएको छ।
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ विन्दुमा आएर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार आजको दिन ८ लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा बजारमा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
काठमाडौं। लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार करेक्सन आएको छ। बुधबार नेप्से ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा पुगेको छ। बुधबार ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौँ । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड […]
काठमाडौं। आज सेयर बजारमा कीर्तिमानी कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। तीन करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा अहिलेसम्मकै कीर्तिमानी कारोबार भएको छ। नेप्से परिसूचक २४ अंकले घटेर समग्र परिसूचक ३१ सय ५४ अंकमा आइपुग्दा पनि कीर्तिमानी कारोबार भएको हो। आज सेन्सेटिभ समूहमा १.९० अंकको गिरावट आएको छ।
काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्सेमा आएको ०.६६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३१ सय ८ अंकमा पुगेको छ। आज १४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज २ करोड २९ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।
काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७१ अंकको गिरावट आएको छ। कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से बन्द हुँदासम्म घटेर २८ सय ३४ अंकमा आइपुगेर बन्द भएको छ। यस क्रममा आज नेप्सेमा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै आज २ करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ।
काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अंकले घटेर २८ सय १५ अंकमा आइपुगेको छ। यसक्रममा आज १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दिन बिहीबार सेयर बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अनलाइनमार्फत कारोबार र भुक्तानी गर्न सकिने व्यवस्थाका कारण निषेधाज्ञाको समयमा पनि सामान्य अवस्थाकै जस्तो सेयर किनबेच भएको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८२ अंकले वृद्धि हुँदा बिहीबार २१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच […]