काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट ह्याक भएको लामो समयपछि सूचना देखिन थालेको छ। पनिकाको वेबसाइट (tuexam.edu.np) खोल्दा अहिले माघ २४ गते जारी भएको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना देखिएको छ।उक्त सूचनाबाहेक थप अरू केही देखाएको छैन। यसअघिसम्म अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको थियो। त्रिविले यही माघ १५ गते अनलाइन सेवा सुरु गरेको थियो।त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस