खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो। प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ। नेकपा…

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच खुमलटारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा भेटवार्ता सुरु भएको छ। ओली दुई वर्षपछि प्रचण्डलाई भेट्न उनको निवास पुगेका हुन्। तत्कालिन नेकपाबाट एमाले र माओवादी अलग–अलग भएपछि ओली प्रचण्ड निवास गएका थिएनन्। आज प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेपछि ओलीलाई निवासमा बोलाएका हुन्।

प्रचण्ड र ओलीबीच खुमलटारमा भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो। अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी हुने बताइएको छ।ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबार

खुमलटारमा प्रचण्ड–ओलीबीच भेटवार्ता

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न खुमलटार पुगेका ओलीबीच मन्त्रिपरिषद गठन र राजनीतिका विषयमा छलफल हुने जनाइएको छ। ...

प्रचण्ड–प्रकाशमान भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरु

खुमलटारमा प्रचण्ड–सिटौलाबीच भेटवार्ता

काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ । सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो।

खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राउत उनको निवास खुमलटार पुगेका थिए । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले प्रचण्ड र राउतबीच शुभकामना आदानप्रदान भएको बताएकी छन् । राउतले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए […]

खुमलटारमा प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रचण्डनिवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएकाे हाे। भेटवार्तामा समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ। नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको गृह मन्त्रालयकाे सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच खुमलटारमा भेटवार्ता

काठमाडौं, चैत १३। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण प्रचण्ड निवास खुमलटार पुगेका थिए। आजको भेटमा स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रचण्ड र विप्लवबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।