काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो ।
बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो । पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उहाँले अनुशासित भएर पार्टीमा ...