दशैँ आयो, नयाँ नोट लिन घुँइचो लाग्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट सटही गर्न सुरु गरेको छ। राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयमार्फत बुधवारबाट नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले…

सम्बन्धित सामग्री

भारतीय नोट साट्ने नाममा सीमा क्षेत्रमा ठगिन्छन् नेपाली

२९ असोज, धनगढी । दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चहलपहल बढेको छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको जोलजीवी र बैतडीको झुलाघाटबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ । यी नाकाबाट पछिल्लो तीन हप्तामा ८ […]

कलाकारको दशैँ योजना

नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ। दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूसम्मको तयारी बढ्दो छ। कोही नयाँ नोट साट्ने हतारोमा देखिन्छन् भने कोही घर जानका लागि टिकटको व्यवस्था मिलाउन लागिपरेका छन्। रङ्गमञ्चका कलाकारहरूको पनि कोही दशैँमा घर जाने योजनामा हुनुहुन्छ त कोही दशैँ यहीँ मनाउने सोचमा।

नोटको जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विशेषगरी दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटही गर्छ। चाडपर्वमा नयाँ नोटको आवश्यकता पर्ने भएकाले मोटो रकम खर्च गरेर राष्ट्र बैंकले सानादेखि ठूला दरका नयाँ नोट सटही गर्छ। दशैँ–तिहारका बेला नयाँ नोटहरु निकै प्रयोग हुन्छ। दक्षिण दिन देखि लिएर पूजाआजामा समेत प्रयोग गरिन्छ। जसले गर्दा नयाँ नोटमा रंग लाग्ने, पानी […]

ढुक्कको दशैँ : सित्तैमा लुगाफाटा र नोट, जताततै अफर र उपहार !

पोहोर कोरोना थियो, दशैँ थिएन । अहिले कोरोना पनि छ र दशैँ पनि । तर खै के, खै के जस्तो भइरहेको छ । पोहोर दशैँ नभएकाले किनमेल गर्न र हिँड्न परेन, ढुक्कै थियो । यसपालि पोहोरजस्तै दशैँ नमनाउनको लागि कोरोनाले साथ दिएन । दशैँ मनाउनै पर्यो । कताको नुनतेल, कताको लुगाफाटा, कताको पैसा ? त्यसमाथि महँगी बढेर कुनै सामान छोइ सक्नु छैन। सम्झँदैमा निधारमा चिटचिट पसिना आयो । के गरौँ, कसो गरौँ, कसरी टारौँ कसरी पुर्याउँ भनेर छटपटी भयो । तर उतिखेरै थाहा भयो–हामी जस्ता मान्छेलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीस...

दशैँ नजिकियाे, नयाँ नाेट पाइयाे (फाेटाे फिचर)

काठमाडाैं : दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुरु भएको छ। दशैँमा दक्षिणा दिन नयाँ नोट चाहनेहरूका लागि फुटकर नोट सटही सुरु गरेको हो। नयाँ नोट लिनेहरू साेमबार बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा लाइन लागेका थिए।

गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।सुजुकीसुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । हुण्डाईहुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।ड्याट्सनड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।निशाननिशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।टाटाटाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।प्रोटोनप्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।फक्सवागनफक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।फोर्सफोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।

असोज ४ देखि नयाँ नोट

नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना  सबै  क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुन

व्यङ्ग्य - यसपालि दशैँमा जता फर्के पनि फाइदा !

काठमाण्डाै - कोरोनाले गर्दा दशैँ खल्लो भयो । पोहोर पराजस्तो भएन । नयाँ लुगाफाटा, मरमसला, सरसामान किन्न पाइएन । नयाँ नोट साट्न पाइएन । पिङमा मच्चिन पाइएन । माइत मावल र ससुराली त परको कुरा, आफ्नै घर पनि जान पाइएन । जमघट र रमाइलो  गर्न पाइएन । नुन नहालेको तिउनजस्तै खल्लो भयो दशैँ । दशैँ आए, नआएको उस्तै भयो ।&...