सर्वसाधारणका लागि दसैं तिहारको नयाँ नोट सटही सुविधाका लागि वाणिज्य बैंकहरुले उपत्यकाभित्र कम्तिमा ५ वटा शाखा कार्यालय तोक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटहीका लागि बैंकहरुले उपत्यका भित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालित आफ्ना शाखा कार्यालय वा एक्सटेन्सन काउन्टर तोकि सोको जानकारी आफ्नो वेभसाइटमा समेत राख्न बैंकले निर्देशन गरेको हो । यस्तो सूचनामा बैंकहरुले नयाँ नोट वा सुकिला नोट सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । वा