कात्तिक ३०, न्यूयोर्क (अमेरिका) । अर्बपति जनसंख्यामा अमेरिकालाई उछिनेर चीन शीर्ष स्थानमा आएसँगै विश्वको सम्पत्ति विगत २ दशकमा तेब्बर भएको छ । परामर्शदाता कम्पनी म्याकिन्से एण्ड कम्पनीको अनुसन्धाताले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।
सन् २००० मा १ हजार ५६० खर्ब डलर रहेको विश्वव्यापी नेटवर्थ बढेर सन् २०२० मा ५ हजार १४० खर्ब डलरमा उक्लिएको छ । सो अवधिमा बढेको सम्पत्तिमा करीब एक तिहाई हिस्सा चीनको रहेको छ ।
सन् २००० मा ७० खर्ब डलरबाट सन् २०२० मा चीनको नेटवर्थ बढेर १ हजार २०० खर्ब डलरमा पुगेको छ । सो अवधिमा अमेरिकीहरुको नेटवर्थ भने दोब्बर भएर ९०० खर्ब डलरमा पुगेको छ ।
यी दुई देशमा विश्वका दुई तिहाईभन्दा धेरै सम्पत्ति सबैभन्दा धनी १० प्रतिशतको हातमा रहेको छ । यो अनुपात बढिरहेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार विश्वको नेटवर्थको करीब ६८ प्रतिशत घरजग्गामा रहेको छ । एजेन्सी