प्रचण्डलाई देखाउँदै नारायणकाजीले भने– एमसीसीको मतभेदबारे अहिले म बोल्दिन

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताएका छन् । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताएका हुन् । ‘एमसीसीबारे पार्टीमा मतभेद छ । तर त्यो कुरा म अहिले बोल्दिन’, नेता श्रेष्ठले सँगै बसेका अध्यक्ष प्रचण्डतर्फ देखाउँदै भने, ‘१२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा

सम्बन्धित सामग्री

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु

एमसीसीको सन्दर्भमा प्रचण्ड र माधव नेपाल चारमुखे भए : महेश बस्नेत

एमसीसीका मामिलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताउनुभयो । उहाँले एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्वन्द्व बनाउन खोजिएको आरोप लगाउनुभयो ।

एमसीसीको विरोध प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले रबरको गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ । एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले […]

बानेश्वरको सडकमा एमसीसीको हवन (फोटोफिचर)

काठमाडौं, ८ फागुन ।  काठमाडौंको बानेश्वरको सडकमा आईतबार भने फरक दृश्य देखिएको छ । सडक घटनामा कमी ल्याउन धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिदै आएपनि आईतबार भने बानेश्वरमा एमसीसीको हवन गरिएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने बामपन्थी दल नेकपा एकिकृत समाजवादीको भातृसंगठन अनेरास्ववियुले एमसीसी विरुद्ध अहिले संसद भवन अगाडीको […]

६ पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् । ६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको […]

एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी हुन् : उपसभापति गुरुङ

चितवन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताउनु भयो । उहाँले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका समेत व्यक्त गर्नु भएको हो । उहाँले एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न आह्वान समेत गर्नुभएको […]

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

४ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ । झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ । केही प्रदर्शनकारी संसद […]

एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप