लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप