२९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ।नगरपालिकाको ३८ लाख बजेटमा स्वास्थ्यचौकीको तीन कोठे पक्की भवन निर्माण गरिएको हो।...

सम्बन्धित सामग्री

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

भोजपुर– भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा […]

रुपाकोट आविमा वर्षौंपछि पक्की भवन

हिमा गाउँपालिका–५ स्थित रुपाकोट आधाभूत विद्यालयमा भवन अभावका कारण पठन पाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी जीर्ण भवनमा कोचिएर तथा खुल्लाचौरमा पढ्न बाध्य थिए भने जुम्लामा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या त छँदैछ । त्यसैमाथि ३ सय ४ जना विद्यार्थी रहेको रुपाकोट आधारभूत विद्यालयका ३ सय ४ जना विद्यार्थीले कक्षा कोठाको अभाव पनि वर्षौंदेखि झेल्दै […]

नमूना मावि मुर्कुचीको सुविधा सम्पन्न भवन बन्ने

रौतामाई गाउँपालिकाको एक मात्र नमूना विद्यालयका लागि सुविधा सम्पन्न पक्की भवन निर्माण सुरु भएको छ। गाउँपालिका ७ मु्र्कुचीस्थित नमूना मावि मुर्कुचीका लागि ७ करोड मूल्यको लागत इस्टीमेटको भवन निर्माण सुरु भएको हो।...

कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि  शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् । विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागितामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा […]

जाँते माविको पक्की भवन निर्माण सुरु

उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेस्थित जनता माध्यामिक विद्यालय रसुवा जाँतेको ८ कोठे पक्की भवन निर्माण कार्य सुरु भएको छ।...

भेटेरीनरी अस्पतालकाे भवन अन्तिम चरणमा

उदयपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको निर्माणाधीन पक्की भवन अन्तिम चरणमा पुगेको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित पुरानो कार्यालय परिसरमै निर्माणाधीन ३ तले भवन सकिने लागेको हो।...

ताप्लेजुङका २१ विद्यालयमा पक्की भवन बन्ने

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत उक्त संख्यामा विद्यालयको चार र दुईकोठे पक्की भवन बन्न लागेको हो ।      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आइसिटी ल्याब व्यवस्थापन गर्ने गरी देशभरका विद्यालयलाई छनोट गरेको छ । मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएका हुन् ।      जिल्लाका १२ विद्यालयको चारकोठे र ९ वटा विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको चारकोठे पक्की भवन बन्ने भएको छ । यस्तै, मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।      त्यस्तै, फुङ्लिङ नगरपालिकाको युवा वर्ष माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा इन्द्रावती आधारभूत विद्यालय साब्लाखु र फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालयको चारकोठे पक्की भवन बन्नेछ । पाथीभरा याङ्बरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकामा बाल्देन माध्यमिक विद्यालय र सिरिजंगा गाउँपालिकामा दुर्गा माध्यमिक विद्यालयको चारकोठे भवन बन्ने भएको छ । यसैगरी फुङलिङ नगरपालिकामा शान्ति आधारभूत, बगरबारी आधारभूत, याङ्लिजुङ आधारभूत र फुङलिङ आधारभूत विद्यालयको दुईकोठे पक्की भवन बन्ने भएको छ । त्यस्तै, सिदिङ्वामा आँगेपा आधारभूत विद्यालय, मिक्वाखोलामा ओझागाउँ आधारभूत, पाथीभरा याङ्बरकमा त्रिभुवन आधारभूत विद्यालयमा दुईकोठे भवन बन्ने भएको छ । सिरिजंगाको सुदाप आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । रासस

त्रियुगा शान्तिधामलाई पोखरेल परिवारद्वारा भवन

यहाँका एक समाजसेवीले स्वर्गीय आमाबाउको स्मरणमा गाईघाटस्थित ‘त्रियुगा वहुधार्मिक शान्तिधाम’लाई दुईतले पक्की भवन बनाई दिएका छन्।...

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारले पाए पक्की भवन

जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६–०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् । फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६–०७७ मा मात्र सिरहाका

भूकम्प स्मृति दिवसमा दोलखाका दुई स्वास्थ्य संस्थाका पक्की भवन उद्घाटन

६ वर्षअघिको विनाशकारी भूकम्पको स्मृति दिवसमा आइतबार दोलखाका दुईवटा स्वास्थ्य संस्थाको पक्की भवन उद्घाटन गरिएको छ । तामाकोसी गाउँपालिकास्थित वडा नम्बर ६ र ७ का दुईवटा स्वास्थ्यचौकीमा निर्माण सम्पन्न भएका...