काठमाडौं महानगरले गर्यो ३९ ठाउँका अनधिकृत संरचनामाथि कारवाही

करिब एक महिनाको अवधिमा काठमाडौं महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो । 

सम्बन्धित सामग्री

नदी किनारका अनधिकृत संरचना ७ दिनभित्र नहटाए काठमाण्डाै महानगरले भत्काउने

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ । महानगरले आज सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक एक हप्ताभित्र हटाउन आग्रह गरेकाे हो ।यसअघि पनि यस्ता सूचना निकालेर अनधिकृत संरचना हटाउन भनिएको महानगरपालिकाले स्मरण गराएको छ ।  एक हप्ताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।काठमाण्डौ महानगरभित्रक...

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

काठमाडाैं । विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो । नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरापलिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । […]

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाइयो

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ । डोजर […]

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। सो क्षेत्रका अनधिकृत संरचनामाथि आज महानगरको टवलीले डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै महानगरले बाध्य भएर डोजर चलाएको नगर प्रहरीले जानएको छ। नगर प्रहरीका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर […]

महानगरले कोटेश्वरको अनधिकृत संरचना हटाइदैं

काठमाडौं । काठमाडौं महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । पटक पटक माइकिङ गर्दै संरचना हटाउन आग्रह गरे पनि महानगरको सूचनाको वेवस्था गरे पछि अहिले सो क्षेत्रमा रहेका फुटपाथ हटाउन सुरु गरिको छ । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

काठमाडौँ महानगरले हटायो कोटेश्वरमा रहेका अनधिकृत संरचना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो । त्यस्तै महानगरले होडिङ बोर्डहरू समेत हटाएको छ । संरचना हटाउँदा विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।  यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत […]

न्युरोड क्षेत्रका अनधिकृत संरचना खाली गराउँदै महानगर (तस्वीरहरू)

काठमाडौं : महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानमा जुटेको महानगरको आज न्युरोड क्षेत्र पुगेको छ। महानगरको सुरक्षा टोलीले आज न्युरोडको सुरज अर्केडका अनधिकृत संरचना भत्काउन र खाली गराइरहेको छ।त्यहाँका अनधिकृत संरचना हटाउन आवश्यक दुईवटा डोजरसमेत महानगरले तयारी अवस्थामा राखेको बताइएको छ। अहिले भने महानगरको सुरक्षा टोलीले खाली गर्न भनेको छ।पछिल्लो साता काठमाडौं महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।केही तस्वीर झलक :

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन (फोटोफिचर)

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।

काठमाण्डौ मलको अनधिकृत संरचना महानगरले डोजर लगाएर हटायो

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको काठमाण्डौ मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो । यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङकाे लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।

महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।