नदी किनारका अनधिकृत संरचना ७ दिनभित्र नहटाए काठमाण्डाै महानगरले भत्काउने

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ । महानगरले आज सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक एक हप्ताभित्र हटाउन आग्रह गरेकाे हो ।यसअघि पनि यस्ता सूचना निकालेर अनधिकृत संरचना हटाउन भनिएको महानगरपालिकाले स्मरण गराएको छ ।  एक हप्ताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।काठमाण्डौ महानगरभित्रक...

सम्बन्धित सामग्री

अनधिकृत संरचना हटाउने महानगरको निर्णयमा उच्च अदालतको रोक

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सार्वजनिक स्थानका अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन चेतावनी दिएको छ । तर तोकिएको समय अवधिमा नहटाइए महानगर आफैंले ती संरचना हटाउने र त्यसरी हटाउँदा लाग्ने खर्च निर्माणकर्ता स्वयंबाट भुक्तान गराइने महानगरले जनाएको छ ।