काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको काठमाण्डौ मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।
बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो । यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङकाे लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।