काठमाडौं- विदेशमा रहेका नेपालको ३३ वटा नियोग तथा दूतावासमध्ये २० वटा लामो समयदेखि नेतृत्वविहीन बनेका छन् । अघिल्लो सरकारले नियुक्त गरेका १२ राजदूत फिर्ता बेलाउने र सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएपछि अहिलेको अवस्था सृजना भएको हो। २० देशमा रहेका नेपाली दूतावास राजदूतविहीन बनेका हुन् । …