नेपालगञ्ज- बारामा डेंगीकाे प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ। बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगीका बिरामी फेला परेका छन्। […]