नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। उनको सचिवालयका अनुसार उनलाई डेंगी संक्रमण पुष्टि भएको हो। बिहीबार थापालाई उच्च ज्वरो आए पनि शुक्रबार भने केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले परीक्षण गर्दा उनमा डेंगी पुष्टि भएको हो। डेंगी संक्रमणपछि उनी घरमै आराम गरिरहेका छन्।