के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने

काठमाडौँ– के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रूपान्तरण भएको हो । अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरू गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन […]

सम्बन्धित सामग्री

१ अर्ब बराबरको म्युचुअल फण्ड ल्याउदै गरिमा क्यापिटल, बोडसँग माग्यो अनुमति

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड सेबोनमामा अनुमति मागेको हो । क्यापिटलले माघ २८ गते निवेदन दिएको हो । सेबोनले  अनुमति दिएपछि इकाईहरु निष्कासन हुनेछन् ।  यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ । गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।

सामूहिक लगानी कोषको योजना व्यवस्थापकमा गरिमा क्यापिटल

गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी काेषको योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ।...

गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता

काठमाडाैं- हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले जनाएको छ । तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी ‘गरिमा […]

गरिमा क्यापिटलको एजीएम वैशाख ९ गते, यस्ता छन् प्रस्ताव

गरिमा क्यापिटल लिमिटेडले वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । पार्क भिलेज रिजोर्ट बूढानीलकण्ठमा आयोजना हुने साधारणसभामा कम्पनी सञ्‍चालक समितिले विभिन्न ९ प्रस्ताव पेश गरेको भएको गरिमा क्यापिटलले जानकारी दिएको छ ।सञ्चालक समितिले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर

केसीएल अस्ट्यूट क्यापिटलले गरिमा क्यापिटलको नाममा कारोबार गर्ने

गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।अब केसीएल अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोबार गरिमा क्यापिटलको नाममा सञ्चालन हुनेछन् । केसीएल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंकबीच सेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको […]

गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल

गरिमा विकास बैंकको ५१.२०% शेयर स्वामित्व रहने गरी के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिकरुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ । यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो  ।  अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ । गत असार ४ गते नै के.सी.एल. अस्ट्यूट क्यापिटल बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्न

के.सी.एल.अस्ट्यूट क्यापिटल गरिमा क्यापिटलमा परिणत

चैत १४, काठमाडौं । के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा क्यापिटल लिमिटेडमा परिणत भएको छ । गरिमा विकास बैंकले ५१ दशमलव २० प्रतिशत शेयर स्वामित्व किनेसँगै बैंकको सहायक कम्पनीको रूपमा यो क्यापिटल रहने छ ।  क्यापिटलले सोमवार एक कार्यक्रम आयोजना गरी के.सी.एल.अस्ट्यूट क्यापिटलको नाम परिवर्तन गरी गरिमा विकास बैंकको सहायक कम्पनीको रूपमा गरिमा क्यापिटल नामाकरण गरिएको जानकारी दिएको हो । क्यापिटलका अध्यक्ष दिपक पाण्डेयले क्यापिटलले दिने सेवाको पहुँच विस्तारका लागि गरिमा विकास बैंकको साथ लिइएको जानकारी दिए । यसअघि लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी सेवा दिँदै आएकोमा अब देशभर फैलिएका बैंकका शाखा सञ्जालमार्फत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए । अब गरिमा क्यापिटलले मचेन्ट बैंकरले प्रदान गर्ने निष्कासन तथा विक्री प्रवन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श तथा समूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डको व्यवस्थापन सम्बन्धी सेवाहरू पनि प्रदान गर्ने बताइएको छ ।   सञ्चालक समितिमा के.सी.एल. अस्ट्यूटको तर्फबाट अध्यक्ष पाण्डेय र सदस्य अनिल श्रेष्ठ रहेका छन् । त्यस्तै गरिमा विकास बैंकको तर्फबाट रमाकान्त बराल, यादव कुमार श्रेष्ठ र माधव प्रसाद उपाध्याय सदस्य रहेका छन् ।